नदीले सडक कटान गरेपछि यातायात सेवा अवरुद्ध

Copy to clipboard
Copied!

धनगढी – सेती नदीमा पानी बढेसँगै बझाङ जाेडने मुख्य सडक जयपृथ्वी राजमार्ग नदीले कटान गरेपछि यातायात अवरुद्ध भएकाे छ।

नदीमा पानीको बहाव बढेपछि जिल्ला जोड्ने मुख्य सडक कटान हुन थालेको हो। नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जालेवगरमा सडक कटान हुन थालेको छ। अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन्। नदीले अधिकांश सडककाे भाग कटान गरिसकेकाे छ। अहिलेसम्म सडककाे केही भाग बाँकी रहेकाले साना गाडी पास भइरहेका छन्।

पानीको बहाव बढिरहेकाले उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ। यस ठाउँमा हरेक वर्ष नदीले सडक कटान गर्ने गरेकाे छ। याे सडक अवरुद्ध भएपछि बझाङ सदरमुकाम जाेडने अन्य वैकल्पिक सडक छैन।

साउन ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्