बिन्दवासिनी मन्दिरको दानपेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

कास्की – बिन्दवासिनी मन्दिरमा राखिएको नगदसहितको दानपेटिका चोरी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

दान पेटिका चोरेको अभियोगमा पोखरा महानगरपालिका–२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जेलाई प्रहरी पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले जिम्मीलाई उक्त दानपेटिकासहित पक्राउ गरेको हो।

उनीउपर जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्