मापसे गरी सवारी चलाउने १७६ चालकमाथि कारबाही

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन्।

यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्वर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारबाही गरिएको छ।

बाँकी २ हजार ७४६ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्