पोखरामा एटिएम मेशिन फोरेर चोरी गरेको आरोपमा एक युवक पक्राउ

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

कास्की – पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी दुई वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नवलपरासी (पूर्व) देवचुली नगरपालिका–५ घर भइ कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरा महानगरपालिका–२७ ताल चोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो।

प्रहरीले घटनामा प्रयोग भएको ग १० प २९६३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

भदौ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्