‘मल्लकालीन संस्कृति र चाडपर्व’ सार्वजनिक

Copy to clipboard
Copied!

भक्तपुर – डा.वीरेन्द्रप्रसाद कायस्थद्धारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तकको विमोचन गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमवीच उक्त पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तक ८६ उपशीर्षकमा विजाति छ। पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेस छन्। नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन्।
पुस्तक दुई सय २४ पृष्ठको छ।

पुस्तकको मूल्य ६ सय ५० छ। पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गरेका हुन्। पुस्तकका लेखक कायस्थ प्रबल गोरखा दक्षिणबाहु ९२०६२० बाट विभूषित व्यक्तित्व हुन्। लेखकको यो नवौं पुस्तक हो।

साउन ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्