धनगढी –कैलालीमा हतकडी सहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । आज प्रहरीकै अगाडिबाट कैलालीकाे जोशीपुर गाउँपालिका ४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरी हतकडी सहित फरार भएका थिए ।

शंकरलाई आजै प्रहरीले कुटपिटको आरोपमा समातेको थियो। उनले आफ्नै पितामाथि कुटपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो।

ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए।

फरार भएका शंकरको खोजीका क्रममा उनलाई जोशीपुर ४ हसनापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्