गायिका दिलमायाको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता

Copy to clipboard
Copied!

काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले बताएका छन्।

सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका दिलमायाका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई जन्म कैदको सजाय माग गरेको उनले बताएका छन्।

उनका अनुसार पक्राउ परेका श्रेष्ठ कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो। कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय हुने कानुनी प्रावधान छ।

गायिका दिलमाया सुनारको हत्यामा उनका प्रेमी भनिएका खिलबहादुर श्रेष्ठ नै दोषी भएको भन्दै नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा साउन ३ गते अनुसन्धान प्रतिवेदन पेश गरेको थियो।

गत असार ११ गते शनिबार तार्केश्वर नगरपालिका–११ स्थित नेपालटारको डेरामा लोकदोहोरी गायिका दिलमायाको शव झण्डिएको अवस्थामा फेला परेको थियो। शुक्रबार राति उनको फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेका थिए। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृत्यु झुन्डिएर नै भएको उल्लेख थियो।

यद्यपि दिलमायाको परिवारले किटानी जाहेरी दिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठतिर नै हत्यामा संलग्न रहेको प्रहरीले प्रमाणहरुका आधारमा पुष्टि गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

प्रहरीसँगको बयानमा उनले झुटो बोलेको स्पष्ट भएको, दिलमायाले स्टाटस लेख्न प्रयोग गरेको मोबाइल अझै नभेटिनु र दिलमायाको सल उनले नै पाँच किलोमिटर टाढा लगेर फ्याँक्नुले उनीमाथि अनुसन्धान सोझिएको प्रहरीले बुझाएको प्रतिवेदनमा भनिएको छ।

साउन ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्