भन्सार छलेर ल्याएको एक करोड बराबरको सामान बरामद, एकजना पक्राउ

Copy to clipboard
Copied!

काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो।

सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो।

काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए।

उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले उनको साथबाट भन्सार छलेर ल्याएका सामान विभिन्न ब्रान्डका चुरोटसँगै प्रहरीले पटाका पनि बरामद गरेको छ।

प्रहरीले भन्सार छलेर ल्याएको उक्त सामान प्रदेश ३-०२-०२४ च ६४१९ नम्बरको कारबाट बरामद गरेको हो।

अवस्थीले चुरोट र पटाकासँगै मोटरसाइकलका पार्टपुर्जा पनि भन्सार छलेर ल्याएको खुलेको प्रहरीले जनाएको छ। त्यसैगरी भन्सार छलेर ल्याएका ३८० थान अक्सिमिटर पनि बरामद भएका छन्।

उनीमाथि राजश्व छली र विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही अघि बढाउन लागिएको प्रवक्ता कोइरालाले बताएका छन्।

साउन ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्