स्याम्पुसँगै मिसाएर १०० ग्राम सुन ल्याउने एक जना पक्राउ

Copy to clipboard
Copied!

काठमाडौँ- ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको एक यात्रु सुनसहित पक्राउ परेका छन्।

शुक्रबार सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताएका छन्।

उनका अनुसार बरामद गरिएको सुनसहित प्रहरीको सहयोगमा सिराहाका निरन्जन कुमार सिंहलाई नियन्त्रणमा लिइको छ।

सिंहले सन सिल्क स्याम्पुको डब्बा भित्र सेम्पु (झोल)सँगै मिसाएर १०० ग्राम सुन लुकाई छिपाइ अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

असार १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्