अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख माग गर्ने समातिए

Copy to clipboard
Copied!

काठमाडौँ- अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीका एकजना युवकले अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेपछि पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाले बताएका छन्।

उनका अनुसार सप्तरीको राजगढ गाउँपालिका ३ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३१ वर्षीय कृष्ण कुमार शर्मा पक्राउ परेका हुन्।

प्रहरीको अनुसन्धानका क्रममा उनी गत असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका थिए।  त्यसपछि एक्कासी मोबाइल अफ गरेर उनी सम्पर्कविहीन भएका थिए।

हराइरहेका उनी नभेटिएपछि उनको परिवारले खोजीका लागि प्रहरीवृत्त सातदोबाटोमा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले खोजी कार्य थालेको थियो।

शर्माले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल ईमोबाट उनको परिवारलाई कृष्ण कुमार अपहरणमा परेको भन्दै फिरौती मागेको कोइरालाले बताएका छन्।

कोइरालाका अनुसार ‘कृष्ण कुमारलाई मार्नका लागि  आठ लाख रुपैयाँ प्राप्त भइसके पनि २० लाख फिरौती दिएमा उनलाई अपहरणमुक्त गरी दिन्छौँ’ भन्दै उनले म्यासेज गरेका थिए।

असार ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्