थापाथली इञ्जिनियरिङ कलेजका एक विद्यार्थी मृत फेला

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ- थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा फेला परेका छन्।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि रहेको निर्माणाधीन भवनको खाली कम्पाउन्डमा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताएका छन्।

उनका अनुसार थापाथली इन्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव मृत भेटिएको हो।

उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। हालसम्म पोष्टमार्टमको प्रतिवेदन भने आएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जैसवाल आफै छतबाट हाम्फालेको हुनसक्ने देखिएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असार २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्