झापाको चारआलीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

Copy to clipboard
Copied!

काठमाडौँ-  झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै मृत अवस्थामा फेला परेकी महिलाको परिचय खुलेको छ।

मृत्यु हुनेमा वुद्धशान्ति गाउँपालिका-३ की ६५ वर्षीय हिमादेवी तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यलय झापाका डिएसपी वसन्तकुमार पाठकले बताए।

उनका अनुसार महिलाको शव मेचीनगर नगरपालिका-१३ प्रगति सामुदायिक वन चारआलीमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको हो।

महेन्द्र राजमार्ग सडकखण्ड झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमलगायतको तयारी भइरहेको डीएसपी पाठकले बताए।

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्