पानी भर्ने क्रममा घरको छतबाट चिप्लेर खस्दा एक जनाको मृत्यु

सांकेतिक तस्वीर
Copy to clipboard
Copied!

काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट पानी भर्ने क्रममा चिप्लेर तल खस्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-४ सितापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

उनी शनिबार दिउँसो १२:४५ बजेको समयमा आफ्नै घरको छतबाट खसेका थिए।

प्रहरीका अनुसार चिप्लेर तल खसेर घाइते भएका उनलाई तत्काल उपचारको लागि शुभेच्छा अस्पताल सितापाइला लगि उपचार भइरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

जेठ २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्