ब्राउनसुगरसहित झापा र इलामबाट चार जना पक्राउ

साङ्केतिक तस्बिर
Copy to clipboard
Copied!

झापा – झापाको बिर्तामोड नगरपालिका–५ बाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका–७ का २२ वर्षीय सुजन गुरुङलाई लागूऔषध ब्राउनसुगरसहित बुधबार साँझ ७ बजे पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँसमेत बरामद गरेको छ। लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

त्यस्तै इलामको देउमाई नगरपालिका–३ बाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देउमाई नगरपालिका–७ का २० वर्षीय शम्भु लिम्वु र माई नगरपालिका–८ का १८ वर्षीय सुमन लिम्बु रहेका छन्।

बुधबार दिउँसो नेपालटार–मंगलबारे सडकखण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षकसहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १–०३–००१ प १६५५ र को. १३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो।

प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भइरहेको छ।

जेठ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्