बन्दुकसहित पर्साबाट एकजना पक्राउ

साङ्केतिक तस्बिर
Copy to clipboard
Copied!

वीरगञ्ज – प्रहरीले पर्साको पर्सागढी नगरपालिकाबाट एकनाले बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बन्दुकसहित पर्सागढी नगरपालिका ९ बस्ने २७ वर्षीय मनोज भनिने शिवु मुसहर माझीलाई पक्राउ गरेको हो।

बन्दुक बोकी बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए।

बन्दुकसहित पक्राउ परेका उनलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान हुने खनालले बताए।

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्