मोटरसाईकलले ठक्‍क दिँदा पैदलयात्रीको मृत्यु

फाइल फोटो
Copy to clipboard
Copied!

धनगढी- धनगढीमा मोटरसाइकलले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ।

मंगलबार बेलुका धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा से १प ५३५० नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री सोही स्थानकी ५० वर्षीया सरस्वती अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बहादुर बस्नेतका अनुसार अधिकारीलाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएकोमा अस्पतालमै मृत्यु भएको हो।

यस्तै मोटरसाइकल चालक गोदावरी नगरपालिकाका रामप्रसाद चौधरीको अवस्था गम्भीर रहेको छ। उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्