निर्मला प्रकरणमा मुद्धा चलाईएका सबै प्रहरी धरौटीमा छुटे

Copy to clipboard
Copied!

धनगढी – कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुधबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई ९ लाख धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा उनी धरौटीमा रिहा भएका हुन् । जिसीलाई यातना विरुद्धको कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा ४ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

जिसी सोमबार जिल्ला अदालत कंचनपुरमा हाजीर भएका थिए । निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट सहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र भीमदत्तनगरपालिका– १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए ।

जिसी बाहेक अन्य ७ जना यस अघि नै धरौटीमा छुटीसकेका छन् ।

चैत १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्