जथाभाबी गर्भपतन नियन्त्रण गर्न सरकारलाई दवाव

Copy to clipboard
Copied!

काठमाडौँ – जथाभावी गर्भपतन बढेको भन्दै त्यसको नियन्त्रणमा कडा कदम चाल्न सरोकारवालाले सरकारसँग दवाव दिएका छन्।

जथाभावी गर्भपतनका कारण महिलाको स्वास्थ्य संकटमा परको भन्दै त्यसको नियन्त्रण अनिवार्य भएको उनीहरुको भनाई छ।

प्रजनन स्वास्थ्य अधिकार कार्य समूहले सुरक्षित गर्भपतनमा संचारकर्मीको भूमिकाबारे बिहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रियाका सहभागिले सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएपनि असुरक्षित गर्भपतन भयानक बन्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

समूहकी सल्लाहाकार माधबी बज्रचार्यले असुरक्षित गर्भपतनले गर्भवतिको ज्यान धरापमा परेको र त्यसलाई छिटो भन्दा छिटो नियन्त्रण गर्नु पर्ने बताइन ।

बज्रचार्यले सुृरक्षित गर्भपतनाले कानुनी मान्यता पाएपनि त्यसबारे जानकारी नहुँदा धेरै महिलाले असुरक्षित गर्भपतनको बाटो अपनाउने गरेको समेत उनले बताइन ।

नेपाल जनसांख्यकिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार प्रजनन उमेरका ४१ प्रतिशत महिलालाई मात्र सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको बारे जानकारी छ ।

नेपालको कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत असुरक्षित गर्भपतनका कारणले हुने गरेको छ।

कृपाका संयोजक दिनेश ढुङ्नाले जाथभावी बिक्री भइरहेका गर्भपतनका औषधिले महिलाको स्वास्थ्यमा गम्भीर असर पुगेको बताए । उनले गर्भपतनका औषधि गैरकानुनी रुपमा बिक्री भइरहेको भन्दै सरकारले त्यसको नियन्त्रण गर्नु पर्नेमा जोड दिए ।

पत्रकार बबिता बस्नेतले असुरक्षित गर्भपतनबारे सञ्चारमाध्यमले अध्ययन, अनुसन्धान तथा खवरदारी गरेर सेवाग्राही र सरकारबीच पुलको भूमिका निर्वाह गर्ने बताइन ।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्