ठूला दललाई आगामी निर्वाचनमा जवाफ दिन्छौंः लक्ष्मण थारु

दाङ–नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ नेता लक्ष्मण थारुले ठूला दललाई मंसिर ४ को निर्वाचनबाट जवाफ दिने बताएका छन्।
नागरिक उन्मुक्ति पार्टीले दाङको लमहीमा आयोजना गरेको राजनीतिक जागरणसभामा बरिष्ठ नेता थारुले ठूला पार्टीका नेताहरुले थारु र पहिचानवादीका एजेण्डा कमजोर बनाउने षड्यन्त्र रहेको भन्दै आफ्नो पार्टीको संगठन विस्तारको अभियानको सार्थकता निर्वाचनले देखाउने दावी गरे।
‘छोटो समयमै एक लाखभन्दा बढी पार्टी सदस्य निर्माण गरेका छाैँ, प्रतिदिन अन्य पार्टी छाडेर आउनेको भिड छ’उनले भने–‘टिकापुर घटनामा संलग्न नभएका व्यक्तिहरुलाई पनि सरकारले योजना वद्ध रुपमा जेल हालेको छ।’
टिकापुर घटना भएको दिन आफु दाङमै भएको स्मरण गर्दै उनले थारु आन्दोलन कमजोर बनाउन निर्दोषलाई जेल पठाउने मुद्दा चलाउने काम भएको बताए । रेशम चौधरीको अविलम्म रिहाई माग गर्दै उनले निर्वाचनमा एमाले, काँग्रेस, माओवादी र मधेशवादी दलले आश्वासन दिने निर्वाचनपछि विर्सने गरेको आरोप लगाए।
यस्तै कार्यक्रममा अर्का बरिष्ठ नेता सुरेन्द्र चौधरीले पार्टीको संङगठन विस्तार जारी रहेको जानकारी दिदै देउखुरी क्षेत्रबाट उम्मेदवार भन्ने ठूला दलका नेता थारु विरोधी भएको आरोप लगाए। नागरिक उन्मुक्ती पार्टीले पहिचान र उत्पीडीत बर्गको लागि संघर्ष दावी गर्दै आफु प्रतिनिधिसभाको निर्वाचनमा देउखुरीबाट उम्मेदवार उम्दवार बन्ने भएकाले सहयोग आग्रह गरेका छन। नागरिक उन्मुक्ति पार्टीको पहिलो राजनीतिक भेला लमहीमा भएको हो।