पानीको मात्रा शरीरमा कमी भए ‘डिहाइड्रेशन’, कसरी बच्‍ने ?

Copy to clipboard
Copied!

काठमाडौं-पानी मानिसको जिवनका नभइ नहुने आवश्‍यक तत्व हो। शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ। शरीरमा पानीको कमी रहेमा विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन।

शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन। गर्मी होस या जाडो पनी जतिबेलै पनि अपरिहार्य रहन्छ। गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या हुने सम्भावना भइरहन्छ। गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ।

यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ। पानीको कमीका कारण मिर्गौलाको समस्या हुने प्रवल सम्भावना हुन्छ। गर्मी याममा पानीको कमी भएमा सबैभन्दा बढी हुने समस्या भनेको ‘डिहाइड्रेशन’ हो।

पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या हुन्छन्। दैनिक रुपमा व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्ने गर्छ।यस्ता मानिसका लागि पानीको कमी रहनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

यस्तो अवस्थामा तिर्खा नलागे पनि समय-समयमा पानी पिउनुपर्छ।दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट बँच्न सकिन्छ।
कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडा जस्ता पेयपदार्थ पिउँने गर्छन।

तरल पदार्थ भएपनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छ।यी चिज पिउँदा पनि डिहाइड्रेशन हुने सम्भावना सक्छ। डिहाइड्रेशनका कारण व्यक्तिको सोच्न सक्ने क्षमतामा कमी हुनुकै साथै शरिरमा रक्तसन्चार समेत कमी आउन सक्छ। मदिरा पिउने व्यक्तिलाई ‘डिहाइड्रेशन’ हुन सक्ने सम्‍भावना बढी रहन्छ।

पानी कसरी पिउने?


पानी खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ।घामबाट र कामबाट घर आउने बित्तिकै पानी पिउँनु हुन्‍न।केहीबेरको आराम पछिमात्र पानी पिउने गर्नुपर्छ।

छाती पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउने गर्नुपर्छ।खाना खाएलगत्तै पानी पिउनाले खानाको पचान प्रकिया समस्या हुन्छ। बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ।पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ।

डिहाइड्रेशन हुँदा के गर्ने?


डिहाइड्रेशन हुँदा बान्ता हुने, जिब्रो सुक्ने, श्‍वास लिन गाह्रो हुने, चिडचिडाहट हुनेजस्ता समस्या हुन्छ।यदि यस्तो समस्या हुन्छ भने पानीमा अलिकता नुन र चिनी मिसाएर तत्काल पिउनुपर्छ।

डिहाइड्रेसनबाट बच्‍न के गर्ने ?


गर्मीमा नरिवलको पानीले राम्रो फाइदा गर्छ। नरिवलको पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।गर्मी मौसममा व्यायाम गर्ने या जिम जाने तथा बढी व्यस्त हुने मानिसलाई डिहाइड्रेशनको समस्याले बढि सताउने गर्छ। यस्ता मानिसले पानी पिउने मात्रा बढाउदै जैजानुपर्छ।

विभिन्‍न फलफूल तथा तरकारीलाई पनि पानीका विकल्प रुपमा प्रयोग गर्न सकिन्छ।काँक्रोमा शरीरका लागि भिटामिन र खनिज पदार्थ पाउनुकै साथै पानीको मात्रा पनि अधिक हुन्छ।

यसमा ९६ प्रतिशतभन्दा बढी पानी हुन्छ।जसको उपयोगले शरीर हाइड्रेट रहन्छ।गोलभेंडामा पनि पानीको मात्रा धेरै हुन्छ। यसमा भिटामिन सी र आइरन हुन्छ, जसले रोग प्रतिरोधि क्षमता बढाउँछ।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्