किट अभावले १० जनाको कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना देखियो

सिमकोट – ताँजाकोट गाउँपालिका–४ को गोठेलबाडा गाउँमा किट अभावले दश जनाको मात्र कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ।

सिंगो गाउँमा कोरोनाका लक्षणसँग मिल्ने बिरामी देखिएपछि परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली पुुगेर नमुना संकलन विधिद्वारा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

कोरोनाका लक्षणसँग मिल्ने बिरामीको कोरोना परीक्षण गर्दा १० जना बिरामीमा कोरोना देखिएको मैला स्वास्थ्यचौकीका इन्चार्ज धनराज ढकालले जानकारी दिए।

गाउँभरिकै मानिस बिरामी भए पनि किट अभावको कारण नमुना परीक्षण गर्दा कोरोना देखिएको हो। उनले कोरोना परीक्षण सबै बिरामी गर्नुपर्ने भए पनि आडिटी एण्टिजिन किटको अभाव थोरैको गर्नुपरेको बताए।

बिरामी अधिकांशमा कोरोना संक्रमण पुष्टि हुन सक्ने देखिएको भए पनि परीक्षण सम्भव नभएको होे। किट अभाव भएपछि गाउँ पुुगेको स्वास्थ्यकर्मीको टोलीले रुघाखोकी लागेका १५० जना बिरामीको उपचार गरेको थियो।

यसका लागि स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। स्वास्थ्य शाखाले अन्य वडाका प्रत्येक बस्तीमा पनि रुघाखोकीका बिरामी देखिएपछि उपचारका लागि दुुई वटा टोली परिचालन गरेको छ।

यसअघि जिल्ला अस्पतालमा ४७ जनाको कोरोना परीक्षण गर्दा २४ जनामा देखिएको थियो।

भदौ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्