अमेरिकी प्रथम महिला बाइडेन पुनःकाेराेना संक्रमित

प्रथम महिला जिल बिडेन। फोटोग्राफर: टिंग शेन/ब्लुमबर्ग
एजेन्सी – अमेरिकी प्रथम महिला जिल बाइडेनलाई फेरि काेराेना भाइरस पोजेटिभ देखिएकाे छ।
जिललाई पुनः काेराेना संक्रमित भएको उनका सञ्चार निर्देशक कोल्सी दोनोहुले एक विज्ञप्तिमामार्फत जानकारी दिएका छन्।
यसअघि मंगलबार जिल बाइडेनले नियमित परीक्षणको क्रममा नेगेटिभ देखिएको थियो। तथापि, डेलावेयरको रेहोबोथ बीचमा बुधबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो।
प्रथम महिलालाई कुनै लक्षण नदेखिएको बताइएको छ। उनको नेगेटिभ परीक्षण नआउन्जेल उनी डेलावेरको फेम्लीबीचमा रहनेछिन्।