‘विनाशकारी भूकम्पले १३ सय ५२ बालबालिकाले ज्‍यान लियो’

Copy to clipboard
Copied!

काठमाडौं- वैशाख १२ को विनाशकारी भूकम्पमा परी १३ सय ५२ जना बालबालिकाले ज्‍यान गुमाउनु परेको रिपोर्ट सार्वजनिक भएको छ। सिविनले भूकक्पको तीन वर्षलाई समीक्षा गर्दै कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरेको हो।

कार्यक्रममा रिपोर्ट सार्वजनिक गर्दै सिविनका कार्यक्रम संयोजक भरत अधिकारीका अनुसार नेपालमा प्रतिवर्ष सयौको संख्यामा बालबालिका दुर्घटनामा परेर वा प्रकृतिक प्रकोपकै कारणले चोटपटक लाग्‍ने र अंगभंग भएर मृत्यु हुने गरेको छ।

सन २०१६ र २०१७ को तथ्यांक अनुसार बाल मृत्युमा बालिका भन्दा बालकको मृत्‍युको संख्‍यामा वृद्धि भएको छ। सन् २०१६ मा १ सय २८ जना बालिका र २ सय ४० जना बालकको को मृत्‍यु भएको छ। यस्तै सन् २०१७मा १ सय २७ बालिका र २३५ बालकको मृत्‍यु भएको छ।

यता, विश्‍व स्वास्थ्य संगठनका अनुसार प्रतिबर्ष १८ बर्ष भन्दा मुनिका ९ लाख ५० हजार बालबालिकाको मृत्यु दुर्घटनाकै कारणले हुने गरेको पाइएको छ। जसमा ९५ प्रतिशत बालबालिका विकासोन्मुख देशको रहेको रिपोर्टले देखाएको छ।

यस्तै कार्यक्रममा अन्‍नपूर्ण न्यूरो आस्पतालका न्‍यूरो सर्जन वरिष्ठ डा.वसन्त पन्तले घरका झ्याल ठूला, खुल्ला र बार नभएकाले बालबालिका लडेर दिनहुँ जसो अस्पताल पुग्ने गरेको बताए। उनले भने, ‘ घरका झ्याल ठूला र खुल्ला रहन्छ र बार पनि हुँदैनन्। फलस्वरुप बालबालिका लड्‍न सक्‍न सम्भावना बढी हुन्छ।’

उनले बाल दुर्घटना मानवीय लापरबाही (मोटरसाइकल पछाडि हेल्मेट नलगाई कुदाउने, घरमा बार नभएका सिढी, झ्याल, छत) भएकै कारण बढी हुने गरेको बताउँदै भने, ‘बालबालिकालाइ अनियन्त्रित रुपमा छोडिदिादा पनि बालबालिकाको दुर्घटना बढी हुन्छ। यसमा परिवार र समुदायको ध्‍यान जानु जरुरी छ।’

बाल दुर्घटनाबाट बच्‍न घरका झ्याल, सिढी, आगो ताप्दा निसासिने, औषधिको जथाभावी प्रयोगलाई न्‍यूनीकरण गर्नुपर्नेमा उनको भनाई थियो।

त्यस्तै बालबालिका तथा जेष्ठ नगरिक मन्त्रालयका सचिव महेन्द्रप्रसाद उपाध्यायले बालबालिका दुर्घटनाको जोखिममै पर्ने सक्ने हुनाले बालबालिकाको संरक्षणमा राज्यको दायित्व भएका बताए।उनले भने, ‘बाल संरक्षणका लागि सरकारले नीतिगत व्यवस्थालाई अगाडि बढाउनेछ भने यसको लागि जनचेतना र सचेतीकरण संरक्षण-संवर्द्धनमा जोड दिनेछौ।’

बैशाख १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्