राजदूत छाडेर चुनाव लडेका उपाध्याय पराजित

Copy to clipboard
Copied!

दोस्रोपटक भारतीय राजदूतमा नियुक्ति पाउँदा पनि राजीनामा दिएर कपिलवस्तु १ बाट चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका  नेता दीपकुमार उपाध्याय पराजित भएका छन्।

उपाध्यायलाई वाम गठबन्धनका चक्रपाणि खनाल (बलदेव) ले ९ सय ४६ मत ले हराएका हुन्। उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याउँदा चक्रपाणिले २९ हजार ७ सय ९९ मत प्राप्त गरेका थिए।

पटकपटक कपिलवस्तुबाट चुनाव जितेका दीपकुमार कपिलवस्तुका लोकप्रिय मानिन्छ्न्। राजदूत छँदाछँदै राजीनामा दिएर चुनावी मैदानमा उत्रिएको भन्दै उनको आलोचना भएको थियो।

सुशील कोइरालाको सरकारका पालामा भारतमा राजदूत  नियुक्ति पाएका दीपकुमार उपाध्यायलाई नाकाबन्दीलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता बोलएका थिए। ओलीपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले उपाध्यायलाई फेरि भारतीय राजदूतमा नियुक्ति गरेका थिए।

दोस्रो पटक पनि जिम्मेवारी पाएको राजदूत पद छाडेर उनी चुनाब लड्न कपिलवस्तु पुगेका थिए।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्