‘तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’

दक्षिण चितवनको माडीमा चुनावी घरदैलो गर्दै चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर: रासस
Copy to clipboard
Copied!

चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताएका छन् ।

भरतपुर महानगरपालिका–२४ को नयाँ बस्तीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश अराजकताको भुमरीबाट उठाउन र नौ नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि पनि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धनको गरिएको जिकिर गरे ।

उनले भने, ‘वाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुशी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने काँग्रेसभित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्ति पनि खुशी छन् ।’

देवीचोक र दीपचोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्ट सरकार आएपछि देश विकासले गति लिने जिकिर गरे। सो क्रममा विभिन्न दल छाडेर माओवादी केन्द्रमा आएका कार्यकर्तालाई स्वागत गरिएको थियो ।

यो पनि हेर्नुहोस्:

‘नत्र हिजो राजाले, कांग्रेसले लुटेका थिए, अब बामहरुले लुट्नेछन्’

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्