धारा जडानका लागि सेवाग्राहीसँग घुस लिने प्लम्बर खुलाल अख्तियारको नियन्त्रणमा

फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – अख्तियार दुरुपयोग अनुशन्धान आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको छ।

खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो।

सोही क्रममा टोलीले खुलाललाई सेवाग्राहीबाट लिएको पाँच हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो।

उनलाई खानेपानीको कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

साउन ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्