नहरमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

दाङ- दाङमा नहरमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका –१० चारबगियाँ निवासी बिन्दु पुनको ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर मृत्यु भएको हो ।

बालिकाको शहुक्रबार सवा चार बजेको समयमा आफ्नो घरदेखि पाँचसय मिटर उत्तर तर्फ रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साउन १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्