पुल निर्माण हुँदै गरेकाे खाडलमा जमेकाे पानीमा डुबेर चार वर्षीया बालिकाकाे मृत्यु

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!
दाङ- दाङमा पुल निर्माणकाे लागि खनिएको गाडलमा परेर एक जनाकाे मृत्यु भएको छ।
शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका-१ रङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
रेश्माको श्रीमान सोही गाउँपालिकास्थित अग्नी सिमेन्ट कम्पनीमा काम गर्दै आएको र श्रीमान भेट्न गएको समयमा आमासँगै कपडा धुन र नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको हो ।
असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्