अटाे रिक्सा व्यवसायीले घेरे लमही नगरपालिका, कर्मचारी प्रवेशमा राेक

Copy to clipboard
Copied!

दाङ- लमही नगरपालिकामा सञ्चालित अटाे रिक्सा व्यवसायीहरूले लमही नगरपालिका घेराउ गरेका छन्।

पार्किङ व्यवस्थित गर्ने नाममा आफूहरूकाे राेजीराेटी खाेस्ने प्रयास गरेकाे भन्दै विगत चार दिनदेखि आन्दाेलित अटाे रिक्सा व्यवसायीहरूले शुक्रबार बिहानदेखि लमही नगरपालिका घेराउ गरेका हुन्।

नगरपालिका प्रवेश गर्ने मूलगेटमा तालाबन्दीकाे प्रयास गरे पनि प्रहरीले राेकेकाे थियाे। करिब एक सय अटाे रिक्सा नगरपालिकाभित्र पार्किङ गरेर आन्दाेलन थालेका उनीहरूले शुक्रबार बिहानदेखि नगरपालिका घेराउ गरेका हुन्।

उनीहरूले नगरपालिकाका कर्मचारीलाई प्रवेशमा समेत राेक लगाएका छन्।

‘दुई दिन भयाे मेयर, उपमेयर कार्यालयमा नआएकाे। हाम्रो कुरा सुन्नै चाहनु भएको छैन’, अटाे व्यवसायी तीर्थराज पाेख्रेलले भने, ‘अटाे पार्किङ व्यवस्थित गर्ने नाममा हामीलाई दु:ख दिने काम भयाे। एक ठाउँकाे लागि गरिएको निर्णय अन्यत्र पनि लागू गर्न खाेजियाे। त्यहीँ भएर बाध्यताबस आन्दाेलनमा छाैँ।’

यता लमही नगरपालिकाका प्रमुख जाेगराज चाैधरीले नयाँ-नयाँ माग थप्दै जानू जायज नभएको बताउँछन्।

‘हामीले सहमति गरिसकेकाे अवस्थामा फेरि उहाँहरू आन्दाेलनमा जानू भएको छ।फेरि उहाँहरूका कुरा सुन्छाैँ’, उनले भने।

 

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्