हिरोइनमाथि दुर्व्यवहार गरेकाे आरोप लागेका युवा भन्छन्- ‘जानेर गरेको होइन’

Copy to clipboard
Copied!

काठमाडौँ – सिभिल मलमा आइतबार साँझ एक हिरोइनमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवाले भीडको कारण छोइन गएको बताएका छन्।

हाल देशभर प्रदर्शनरत चलचित्र ‘कबड्डी-४’ को शोका क्रममा नायिकाले आफ्नो शरीरमा पछाडिबाट पटक-पटक हात राखेको भन्दै एक युवकलाई झापड हानेकी थिइन्।

उनको झापड खाने युवा मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङ रहेको खुलेको छ। उनी चलचित्र हेर्न हल पुगेको बताइएको छ। उनी लामा पहिरनमा हलमा उपस्थित थिए।

महानगरीय प्रहरी परिसरका अनुसार ती युवकविरुद्ध अभद्र व्यवहार कसुरसम्बन्धी उजुरी परेको छ।

आइतबार साँझ सिभिल मलमा भएको ‘कबड्डी-४’ को शोको क्रममा मलको पाँचै तल्लाको कफीसप नजिकै दर्शक फुर्वा तामाङले पछाडिबाट पटक-पटक छोएको भन्दै झापड हानेकी थिइन्।

किशोरीले सबैको अगाडि ‘तिमी सोच्छौ यो जोक हो ?’ भन्दै सबैको अगाडि माफीसमेत माग्न लगाएकी थिइन्।

दर्शक फूर्वा तामाङले भने नियतवश नभई झुक्किए छुन पुगेको बताएको प्रहरीले जनाएको छ।

जेठ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्