भाजपा नेतृ तथा अभिनेत्री साेनाली फाेगाटकाे निधन

Copy to clipboard
Copied!

भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री साेनाली फाेगाटकाे निधन भएकाे छ।

फाेगाटकाे निधन हृदयघातबाट भएकाे बताइएकाे छ। ४२ वर्षीया फाेगाट स्टाफहरूका साथ गाेवा गएकी थिइन्। उनकाे गाेवामै निधन भएकाे हाे।

हरियाणाका मुख्यमन्त्री मनाेहर लाल खट्टरले उनकाे निधनमा दु:ख व्यक्त गरेका छन्।

हरियाणाकाे पछिल्लाे विधानसभा चुनावमा बिजेपीले फाेगाटलाई कुलदीप बिश्राेईकाे विरुद्ध उठाएकाे थियाे। तर उनले हारेकी थिइन्।

उनले रियालिटी शो बिग बाेस-१४ पनि भाग लिएकी थिइन्।

साेनाली टिकटकमा निकै लाेकप्रिय भएकी थिइन् र उनका लाखाैँ फलाेवर्स थिए। भारत सरकारले टिकटक प्रतिबन्ध गरेपछि उनी भाजपामा प्रवेश गरेकी थिइन्।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्