कौशी थिएटरमा पुन: मञ्चन हुँदै ‘हरेक बबाल कुरा’

Copy to clipboard
Copied!

काठमाडौँ– कथाघेराको प्रस्तुतिमा बनेको नाटक ‘हरेक बबाल कुरा’ शुक्रबारबाट पुन: मञ्चन भएको छ। असोज १५ देखि २० गतेसम्म कौशी थिएटरमा नियमित नाटक मञ्चन हुने कथाघेराले जनाएको छ।

यसअघि नाटक भदौ २५ देखि असोज १ गतेसम्म सीमित दर्शकमाझ प्रस्तुत गरिएको थियो। त्यो समयमा पनि नाटक हेर्ने हाउसफूल भएको कारणले दुई दिन शो थपिएको थियो। नाटक मञ्चनपछि पनि दर्शकले अझै हेर्न रुचाएको कारणले गर्दा पुन: प्रदर्शन गर्न लागिएको थिएटरले जनाएको छ।

एकल नाटक प्रस्तुति ‘हरेक बबाल कुरा’ डंकन म्याकमिलन र जोनी होनाहीले लेखेको ‘एभ्री ब्रिलियन्ट थिङ्ग’ को नेपाली अनुवाद हो। यसलाई आकांक्षा कार्की र क्षितिज पराजुलीले अनुवाद गरेका छन्। सुदाम सिकेको एकल प्रस्तुतिको यो नाटकलाई आकांक्षा कार्कीले निर्देशन गरेकी हुन्।

असोज १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्