आमाबुबासँगै मुम्बईमा रोकिएकी मनीषा कोइरालाको क्वारेन्टिन अनुभव

Copy to clipboard
Copied!

राज्यसँग अपेक्षा अप्ठ्यारो परेका बेला झन बढी हुन्छ । नागरिकले अभिभागकीय भूमिकामा हेर्छन राज्यलाई । र उसको वैधानिक प्रतिनिधि सरकारलाई । असहज परिस्थिति र संकटमा अझै आश बढ्छ ।

तर त्यहि विसम परिस्थितिमा पनि राज्यका ‘सञ्चालक’ हरु नै भ्रष्टाचारको विवादमा तानिदा पीडामा परेका नागरिकहरुको मन कुँडिनसम्म कुँडिन्छ । अझ राज्यप्रति नै वितृष्णा पैदा हुन्छ । यस्तै विषादमा छिन् अभिनेत्री मनिषा कोइराला ।

‘हे भगवान सबैको रक्षा होस्, यस्तो बेला भ्रष्टाचारको कुरा सुन्नु नपरोस् भनेर प्रार्थना नै गरेकी थिएँ, टाढा मुम्बईमा । तर अत्यावश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको खबर पढ्नु पर्दा अति निराश भएँ ।’

बलिउड चलचित्रमा उम्दा अभिनय कौशलबाट स्थापित भएकी कलाकार मनिषा कोइरालाले देश सञ्चारसँग कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसबाट जोगिनका लागि आफूले अपनाएका सावधानीहरु साट्ने क्रममा नेपालमा यहि संक्रमणबाट जोगाउनका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको दाग लागेपछिको उदेक व्यक्ति गरिन् ।

अभिनेत्री कोइराला अहिले आमाबुवासहित भारतको मुम्बईस्थित घरमा क्वारेन्टाइनमा छिन् । तत्कालका लागि काम सिध्याएर नेपाल फर्कने तयारीमा थिइन् । तर नेपालमा लकडाउनका कारण उतै रोकिइन् ।

उनले भनिन्, ‘राज्यको भूमिका यस्तो विपदका बेला सबै नागरिकसम्म पुग्ने खालको हुनु पर्छ । राज्यले असल अभिभावक बन्न सकेको छ कि छैन भन्ने यस्तै बेला थाहा हुन्छ । तर त्रासको वातावरणमा ढाडस पाउने आश गरेका भ्रष्टाचार जस्तो कुकृत्य भयो भन्ने सुन्दा मनै डगमगाउँ छ ।’

अभिनेत्री कोइरालाले विश्वव्यापी महामारीका बेला सहयोगको अपेक्षा गरेका नागरिक तथा अग्रस्थानमा बसेर जोखिममा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सामग्री खरिदमै प्रश्न उठ्नु कुनै पनि हालतमा स्वीकार्य नरहेको बताइन् ।

योसँगै उनले नागरिकहरुले पनि सरकारले लागु गरेका नियमहरु पालना गर्नु पर्ने र सकेसम्म सहयोग गर्नु पर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि एक्लो प्रयासले हुने रहेन छ भन्ने विभिन्न देशका उदहारणले स्पष्ट भएको छ । यो संकटसँग जुध्न सबै एकजुटु हुनु पर्छ । सामाजिक दूरी कायम गर्ने र सामान्य अवस्थामा भन्दा अहिले सरसाफाइमा विशेष ध्यान दिनु पर्छ । राज्यले पनि नागरिकलाई सुसूचित गर्न सक्नु पर्छ ।’

अभिनेत्री कोइरालाले संकट सजिलो नहुने भए पनि मानिसलाई भागदौडबाट आफूलाई समय दिने मौका मिलेको बताइन् ।

‘आखिरमा केही रैनछ । म पनि अरुको यस्तो भयो मेरो पनि हुनु पर्छ, अझै चाहिन्थ भन्थेँ । तर थोरैले पनि पुग्ने रहेछ । आखिर सबै मिथ्या हो रैछ ।’ उनले भनिन्, ‘क्वारेन्टाइनमा बस्दा परिवारसँग समय बिताउने मौका मिलेको छ । त्यो भन्दा ठूलो कुरा आफूलाई नियाल्न पाइएको छ ।’

यस्तै पाको उमेरका आमाबुवाको सेवा गर्ने अवसर पनि मिलेको उनले बताइन् । ‘कोरोना भाइरसको संक्रमणको जोखिम वृद्धवृद्धामा बढी हुने भएकाले उहाँहरुको विशेष ख्याल गरेकी छु ।’

आपत–विपदका बेला मानवीयताको परीक्षण हुने पनि उनले बताइन् । उनले भनिन्, ‘एकआपसमा सहयोग हुनु पर्छ, यो बेला आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित रहन सकेजति सहयोग गर्नु पर्छ, यसैले मानव हुनुको साँचो अर्थ दिन्छ ।’

महामारीका बेला गतल खबरहरु फैलिने जोखिम हुने र त्यसले मनोवैज्ञानिक असर पर्ने भएकाले परिवार तथा साथीभाइसँग कुरा साट्नु पर्ने सुझाव दिइन् ।

प्रस्तुत छ, अभिनेत्री कोइरालासँग कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि उनले अपनाएको उपायहरु, होम क्वारेन्टाइनको बसाईबारे गरिएको कुराकानीः

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्