स्वास्थ्यका लागि प्राकृतिक जीवनशैली

पत्रुखाना : मानव स्वास्थ्यको ठूलो शत्रु

Copy to clipboard
Copied!

प्राकृतिक जीवनशैली नअपनाएमा नसर्ने रोगको जोखिम बढी देखिने प्राकृतिक चिकित्सक बताउँछन् । यहि असार २० गते अर्थात गएको बुधबार पहिलो पटक राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइयो ।

पहिलो पटक राष्ट्रिय रुपमा मनाइएको प्राकृतिक चिकित्सा दिवसले प्रकृतिक चिकित्सामा आबद्ध व्यक्तिहरुलाई उत्साहित बनायो ।

योग, आध्यात्म, प्राकृतिक जीवनशैली नेपालको हिमालय क्षेत्रबाट विकास भएको पाइन्छ । यिनै कुराको महत्वलाई आत्मासाथ गदै नेपाल सरकारले २०६९ साल असार २० गते दिवसलाई मायन्ता दियो र २०७४ साल असोज २३ राष्ट्रिय रुपमा मनाउने निर्णय गरेपश्चाप असार २० लाई राष्ट्रिय चिकित्सा दिवस भनेर मनाउन थालिएको छ ।

विश्वभरि नै स्वास्थ्य स्थिति खस्किँदै गरेको बेला पत्रुजन्य खाना (जंकफुड) र बिलासी जीवनशैली नियमित अपनाउने हो भने मृत्यु कुरिरहन नपर्ने बताउँछन् प्राकृतिक चिकित्सक । प्राकृतिक चिकित्साको विषयमा वरिष्ठ विषेशज्ञ योग तथा प्रकृतिक चिकित्सक डा. हरि प्रसाद पोखरेलसँग देश सञ्चारकी संवाददाता बिन्दु शर्माले गरेको कुराकानीमा आधारित यो सामग्री ।

पछिल्लो समयमा विश्वभरी नै स्वास्थ्य स्थिति मजबुद नरेहेको त्यसमाथि पनि दक्षिण एसियाका देशहरु कुरा गनुपर्दा अहिले कृषिमा आएको परिर्वतनले गर्दा हाम्रो हरेक खानेकुराहरु फलफूल सलाद तरकारी अन्न देखि लिएर रासायनिक मलदेखि कटानासक औषधि प्रयोगमा छन् र यति विषाक्त छन्, जुन मानवीय स्वास्थ्यका लागि सदैव हानिकारक रहेका छन् । यसरी मनवीय स्वास्थ्य दिनानुदिन बिग्रँदो अवस्थामा छ । तसर्थ जैविक कृषि प्रणालीको पुनस्थापित गर्नु पर्ने खाँचो छ ।

फास्ट फुट फास्ट डेथ ,जंक फुड जंकि लाइफ यस्लै नेचुरल फुड र नेचुरल लाइफस्टाइल तिर फर्किनै पर्ने आजको आवश्यता हो । यतिबेला मानिस घर भन्दा पनि होटल केन्द्रित बनेका छन् । मानिस होम टु होटल भयो भने होटल टु हस्पिटल हनुपर्छ ।

नेपालको वर्तमान परिपेक्षको कुरा गर्नु पर्दा अहिले धेरै जसो मानिसको तयारी खाना खाने लहर आएको छ धेरै माननिस होटलका खाना प्रति लालायित छन् । जसले गर्दा धेरै मानिस नसर्ने रोगको सिकार बनिरहेका छन् ।

आर्युवेद चिकित्साशास्त्र अनुसार हाम्रो भोजनालयमा प्रयोग हुने मासलाहरु जुन पेटको रोगको औषधि मानिन्छ । जस्तैः जिरा, धनिया, सोप, जाइफल, जाइपत्री प्रयोग हुन्छ ।

अहिले प्रायः मानिसहरुको मुखबाट एउटै कुरा सुनिन्छ मसला खाएर ग्यासटाइटिस भयो, एसिडिटि भयो या अल्सर भयो । कारण हामीले प्रकृतिक औषधि गुणस्तर छौड्दै गयो, रासायनिक मसलाहरुलाई प्रवेश गरायौँ मनोसोडिम ग्लुटामेट, अझिनामाटो जस्ता घातक रासायनिक मसला हुन् ।

एकातिर विश्वमै यस्ता रसायनलाई बन्द गर्ने अभियान चलिरहेको बेला सबै भन्दा बढी रासायनिक मसला बिक्री हुने पाँचवटा देश मध्ये नेपाल पनि पर्दछ । अर्कोतिर होटलमुखी जीवनशैलीका कारण पनि स्वस्थ्य जीवन पनि धरापमा परेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार २०३० सम्ममा क्यान्सर जस्ता केही रोगमा विजय प्राप्त गर्न सकिएला भनेर संकल्प गरिएता पनि तर विश्वका लागी ठूलो चुनैती र चिकित्सा क्षत्रलाई नै घुँडा टेकाउने एउटा स्वास्थ्य समस्या आउँदै गरेको समस्या हो तनाव । यसले समस्याको समाधानका लागि अहिले नै एकजुट भएर नलाग्ने हो भने विश्व नै तनावग्रस्त बन्ने संभावना रहेको छ ।

हिजोको दिनमा संर्घषरत मान्छे र उमेर ढल्कीसकेको मानिसमा देखिने गरेको तनाव अहिले पाँच सात वर्षका बच्चामा पनि तनाव देखिन थालेको छ । जसले गर्दा भोलिको विश्व कता जाला भन्ने संत्रास रहेको छ ।

त्यसकारण यस्ता जीवनशैलीलाई परिर्वतन गरेर स्वास्थ्य शरीर स्वास्थ्य जीवन निर्माण गर्ने कला, संस्कृति र विज्ञान सबै भन्दा धेरै कहि छ भने त्यो योग र प्रकृतिक चिकित्सा हो ।

विषेश गरेर स्वास्थ्य जीवनका लागि भोजन व्यायाम र तनावको व्यवस्थापन, यी तिन कुरालाई व्यवस्थापन गर्न सके ८० प्रतिशत रोगलाई बाटोबाटै बिदाई गर्न सकिन्छ । २० प्रतिशत भनेको आकास्मिक दुर्घटना, दैविक प्रकोपबाट आउने हुन् ।

गाउँमा पाइने हिजोका फास्ट फुड भनेको भुटेको मकै, भुटेको भट्ट , दही चिउरा थिए तर यि कुरालाई विस्थापित गर्दै चाउचाउ जस्ता पत्रुखानालाई हामीले भित्रायौँ, त्यस्तै हिजोको दिनमा बोक्लो मोही, दही, महपानी, कागतीपानी दूध लगायतका खानेकुरा खान्थ्यौँ ।

तर आज त्यसको ठाउँमा कोल्ड ड्रिङ्क भित्रायौँ । यसरी आधुनिकताको नाममा हानीकारक बस्तु भित्र्याउनाले नै स्वास्थ्य स्थिति खस्किँदै गरेको हो ।

भोजन र पोषणमा भएका भ्रमलाई चिर्दे गाँउठाँउमा पाइने पोषण युक्त प्राकृतिक खानेकुरा खान सिक्नु र सिकाउनु पर्छ । यसरी हामीले आफ्नो जीवनशैलीलाई जबसम्म प्राकृतिक रुपले अगाडि लैजादैनौँ तबसम्म स्वस्थ्य रहने परिकल्पना र्गन पनि गाह्रो हुन्छ ।

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्