सन्दर्भ : राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस

प्राकृतिक चिकित्सा र मानव जीवनमा यसको महत्व

Copy to clipboard
Copied!

नेपालमा पहिलो पटक असार २० गते अर्थात बुधबार प्राकृतिक चिकित्सा दिवस मनाईँदै छ । यो दिवसलाई राष्ट्रिय रुपमा कसरी मानाईँदै छ ? यसको महत्व कस्तो छ ? यस विषयमा योग तथा चिकित्सा संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतसँग देश सञ्चारकी संवाददाता बिन्दु शर्माले कुराकारनी गरेकी छन् ।

नेपालमा पहिलो पटक मनाउन लागिएको प्रकृतिक चिकित्सा दिवसलाई कसरी हेर्नुभएको छ ?

नेपालका लागि एकदमै महत्वपूर्ण कुरा हो । प्राकृतिक चिकित्सा क्षेत्रका लागि पनि यो दिन विशेष रहने छ । यो दिवस अहिलेसम्म कुनै देशले राष्ट्रिय रुपमा नमनाइरहका बेला नेपाल सरकारबाट निर्णय भएर असार २० गते यो दिवस मनाउन पाउँदा उत्साहित छौँ ।

प्रकृतिक चिकित्सा भित्र पर्ने कुरा के के हुन् ?

प्रकृतिले दिएका चिजलाई जस्ताको त्यस्तै प्रयोग गरेर उपचार गर्ने विधिहरु प्रकृतिक चिकित्सा अन्तरगत पर्छन् । यस अन्तरगत पर्ने मुख्य विधि भनेको पंचमाहाभूत हो जसमा आकाश, घाम, पानी, वायु र माटो पर्छन् ।

यी तत्वहरु बाट गरिने उपचार नै प्राकृतिक चिकित्सा भित्र पर्छन् । यो भित्र मूलतः औषधि बिहीन चिकित्सा पद्धति प्रयोग गरिन्छ ।

योग र प्रकृतिक चिकित्सामा फरक के छ ?

सामान्य रुपमा योगलाई शारीरिक अभ्यासका रुपमा लिने गरिन्छ । तर योग भित्र धेरै नै राम्रा पक्षहरु रहेको छन् । योगका ८ ओटा हाँगा रहेको छन् । मानिसलाई शारीरिक, मानसिक, आध्यात्मिक, संवेदनात्मक र त्यस्तै धेरै रुपमा मानिसलाई स्वास्थ्य राख्न ठूलो भूमिका खेलेको हुन्छ ।

योग र प्रकृतिक चिकित्सा भनेको एक सिक्काको दुई पाटो हुन् । प्राकृतिक चिकित्सामा विषेशगरी पञ्चमाहाभूतलाई प्रयोगमा ल्याएर उपचार गरिन्छ भने योगले पनि ति र त्यस्तै कुरालाई समेट्छ ।

त्यसकारण प्राकृतिक चिकित्सा र योगलाई अभिन्न अंगको रुपमा लिने गरिन्छ । दुवै मध्ये कुनै एकलाई छुट्याउनु मिल्दैन् ।

प्रत्येक व्यक्तिलाई प्राकृतिक चिकित्साको महत्व किन छ ?

प्राकृतिक चिकित्सा बिरामीका लागि मात्रै उपचार गर्ने विधि नभई यो एउटा प्राकृतिक स्वस्थ्य जीवनशैली हो । अहिले सर्ने रोग भन्दा नसर्ने रोगको बढ्दो प्रकोप रहेको छ ।

नसर्ने रोगका कारण विश्वभरि नै लगभग ७१ प्रतिशत मानिसको मृत्यु भएको छ भने नेपाल जस्तो विकासोन्मुख देशमा त ८१ प्रतिशत रहेको पाइन्छ । यस्तो किन छ भने नसर्ने रोग कतै न कतै हाम्रो जीवनशैलीसँग सम्बन्धित छ । नसर्ने रोगसँग लाड्नकै लागि पनि प्राकृतिक चिकित्सा प्रभाकारी र अनिवार्य रहन्छ ।

प्राकृतिक चिकित्सा जीवनशैली अपनाइएन भने नसर्ने रोगको जोखिम उच्च हुने सम्भावना रहन्छ ।

असार २० गते प्रकृतिक चिकित्साका दिवसका दिन के कस्ता कार्यक्रम हुँदैछन् ?

प्राकृतिक चिकित्सा दिवशको दिन बिहान रत्नपार्कदेखि प्रज्ञा भवनसम्म प्रभात फेरी को कार्यक्रम रहेको छ । त्यसपछि दिनैभरि प्रज्ञा भवन भित्र स्वास्थ्य शिविर हुनेछ ।

त्यस्तै २१ गते नेपालभरिका प्राकृतिक चिकित्सा अस्पतालबाट प्राकृतिक चिकित्सा समबन्धी निःशूल्क परार्मश सेवा दिने निर्णय गरका छौँ ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्