स्वास्थ्य

निपा भाइसरको जोखिम नेपालमा पनि उच्च, कसरी जोगिने ?

Copy to clipboard
Copied!

काठमाडौँ – निपा भाइरसको संक्रमण फैलिन सक्ने खतरा नेपालमा पनि रहेको डाक्टरले बताएका छन् । चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सजिलै सर्ने सक्ने निपा भाइरसको जोखिम उच्च रहेको छ ।

भारतको केरलामा फैलिएको निपा भाइरसको संक्रमण फैलिने जोखिम नेपालमा पनि उच्च रहको चिकित्सकहरु बताउँछन् ।

निपा भाइरसको के हो ? भन्ने विषयमा सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलासँग गरिएको कुराकानी ।

निपा भाइरसको संक्रमण कस्तो हो ?

निपा भाइरस १९९८ मा मलेसियाको निपा भन्ने ठाँउबाट संक्रमण सुरु भएको पाइन्छ । त्यहाँका बंगुरहरु र मानिस पनि बिरामी भएपछि इन्सेफालाटिस भएको आशंका गरियो र पछि अनुसन्धान गर्दा एक किसिमको विषाणु हो भन्ने पत्ता लाग्यो । निपा भन्ने ठाँउबाट संक्रमण फैलिएको हुँदा निपा भाइरस नामाकरण गरिएको हो ।

रेबिज भएर
डा. अनुप बास्तोला। तस्बिर: दीपा दाहाल

भाइरस रहेको चमेरोले फलफूल खाए पछि उक्त चमेरोमा भएको भाइरस सुुसुप्त अवस्थामा फलफूलमा रहन्छन् ।

त्यसैगरी ताडी (एक किसिमको झोल पदार्थ जुन रुख काटेर जम्मा गरिन्छ) जम्मा गर्ने क्रममा दुई तीन दिनसम्म त्यो भाँडो एकै ठाँउमा खुला तरिकाले राख्ने गर्दा भाइरसयुक्त चमेरोले ताडी खाने र त्यही भाँडोमा पिसाब गर्छ ।

उक्त दुषित ताडी मान्छेले खाँदा या बंगुरलाई खुवाइँदा बंगुरबाट मान्छेमा र ताडीबाट मान्छेमा र संक्रमित मान्छेबाट स्वास्थ्य मान्छेमा सजिलै सर्छ । यसरी भाइरसको संक्रमण हुन्छ ।

निपा भाइरस संक्रमण के कस्ता लक्षण देखाउँछ ?

धेरै व्यक्तिलााई इन्सेफलाइटिस देखिने, दिमागमा नकारात्मक असर गर्ने, श्वास प्रश्वासमा कठिनाई हुने जस्ता लक्षण देखिन्छ ।

१९९८ मलेसियाको माहामारी पछि दक्षिण एसियाका धेरै राष्ट्रहरुमा यसको महामारी देखिएको छ । विशेषगरी चमेरो बढी पाइने क्षेत्रमा संक्रमणको उच्च हुने सम्भावना रहन्छ । ताडी खाने र बंगुर पाल्ने समुदायमा पनि यसको जोखिम बढ्दो रहेको छ ।

यसको रोकथामका लागि के के गर्न सकिन्छ ?

ताडी जम्मा गर्ने बेलामा विशेष सवधानी अपनाउनु पर्छ ताकि संक्रमित चमेरोले र्‍याल, थुक, पिसाब जस्ता झार्न नझारोस् ।

इन्सेफलाटिस जस्ता लक्ष्ण देखिएमा समयमै उपचार गराउने समयमै उपचार गराउने हो भने केहीहदसम्म न्यूनीकरण गर्न सकिन्छ । ताडी खाने समुदायमा जनचेतना फैलाउन जरुरी छ ।

चमेरोले खाएका फलफूल नखाने । खानै परे उमालेर प्रयोग गर्ने । निपाको बिरामी पहिचान भएमा उनीहरु उपचार विशेष कक्षमा राखेर सावधानीपूर्ण रुपले गरिनु पर्छ ।

जेठ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्