डा. भोला रिजालसँगको अन्तर्वार्ता

गर्भपतन गराउन ७२ घण्टे औषधिको नियमित प्रयोग गरे गम्भीर समस्या

Copy to clipboard
Copied!

काठमाडौँ – गर्भपतनलाई सरकारले कानुनी मान्यता दिए पनि गर्भपतन गराउने औषधिको जथाभावी प्रयोगका कारण धेरै महिलाको ज्यान जोखिममा रहेको छ ।

स्त्री तथा प्रसुति रोग विषेशज्ञहरुका अनुसार बजारमा पाइने गर्भपतन गराउने औषधिको बढी प्रयोगका कारण धेरै महिलाको स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेका छन् ।

जथाभावी बिक्री वितरण गर्न नपाइने भए पनि गर्भपतनका औषधि बजारमा छ्यापछ्याप्तै पाइन्छ । यसै विषयलाई लिएर डा. भोला रिजालसँग देश सञ्चारकी बिन्दु शर्माले कुराकानी गरेकी छन् ।

गर्भपतनका लागि स्वास्थ्यलाई पनि असर नहुने र भविष्यमा पनि कुनै हानी नहुने उपाय के हुन सक्छ ?

यो एउटा सामाजिक समस्या हो । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने समस्या भएको कारण यस विषय यसलाई गम्भीरतापूर्व सोचिनु जरुरी छ । आज भन्दा १३ वर्ष अगाडि गर्भपतनलाई कानुनी मायन्ता दिने प्रावधान सुरु भयो ।

भाग्यबस नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिनु पर्छ भनेर पहिलो आवाज उठाउने व्यक्तिको नाताले भन्नु पर्दा गर्भपतनको औषधि आजको दिनमा जसरी दुरुपयोग भएको छ । जसले गर्दा आज धेरै महिलाको ज्यान जोखिममा परेको छ ।

कुनै पनि महिलाको ज्यान जोखिममा नपारिक नै असुरक्षित गर्भपतनलाइ सुरक्षित गर्भपतन गराउने जुन लक्ष्य थियो । ताकी कुनै महिला असुरक्षित गर्भपतनको कारणले ज्यान गुमाउन नपरोस् । तर अझै पनि सोचे जस्तो हुन सकेको छैन ।

सरकारले सुरक्षित गर्भपतनका लागि ठाँउमा ठाँउमा सुरक्षित गर्भपतन गराउने व्यवस्थासँगै सुरक्षित गर्भपतन गराउनकै लागी धेरै जनशक्ति तालिम दिइ दक्ष गराएको छ । यदि हुँदाहुँदै पनि जसरी मातृ मृत्युदर घट्नु पर्ने हो यसरी घट्न नसक्दा यो बिषय अलि गम्भीर बनेको छ ।

अहिले पानपसलले पान बेचे सरी बजारमा छ्यापछ्र्याप्तै बजारमा पाइने गर्भपतनका औषधि अवैधानिक तरिकाबाट बिक्री वितरण भएको छ । यदि यस्तै भइरहने हो यसले संकट निमत्याउँछ ।

अहिले विभिन्न ठाँउमा निर्धारित मूल्य भन्दा बढी मूल्य तिरेर डाक्टरको सल्लाह बिनानै गर्भपतनका औषधि बिक्री वितरण भैरहेको छ । यसले एउटा स्वास्थ्य क्षेत्रमा ठूलो जोखिम मोलिरहेको छ ।

बजारमा ७२ घण्टे आकस्मिक गर्भपतनको औषधि पाइन्छ यो कत्तिको भरपर्दो छ ?

कति बेला, कुन औषधि ,कुन तरिकाबाट प्रयोग गर्ने ,यदि कुनै औषधिको प्रभावकारीता रहेन भने त्यस पछिको विकल्प के हुन सक्छ भन्ने विषयमा जनाकारी लिने गर्नु पर्छ तर यहाँ चना र भट्टमास चपाए सरी जसरी औषधि दुरुपयोग भएको छ ।

असुरक्षित यौन सम्पर्कपछि ७२ घण्टा भित्र यसको प्रयोग गरेमा प्रभावकारी रहन्छ । तर सधैँजसो असुरक्षित यौन सम्बन्ध हुने बित्तिकै नियमित रुपमा प्रयोग गर्दै जाने हो भने शरीरको जुन सुकै अंगमा ठूलो असर पार्छ ।

गर्भ जाँच नगरी औषधि सेवनले कस्तो असर पार्छ ?

कतिपय अवस्थामा हुँदै नभएको गर्भको औषधि सेवनले स्वास्थ्यमा ठूलो समस्या निमात्याउँछ । कहिले काहि गर्व परीक्षण नगरी औषधि सेवन गर्ने गर्दा यदी गर्भ नलीमा बसेको अवस्थामा औषधिले छुँदैन र ज्यान नै जोखिममा पर्ने हुन्छ यसकारण औषधि खानु अगाडि गर्व परीक्षण गरिनु जरुरी छ ।

असुरक्षित गर्भपतन हुन नदिनका लागि के कस्ता कुरामा सावधानी अपनाउनु आवश्यक छ ?

सबै भन्दा पहिले कोशोरकिशोरीलाई यौन शिक्षा दिनुपर्छ । उनीहरुलाई असुरक्षित गर्भपतनबाट के कस्ता जोखिम र समस्या आउन सक्छन् भन्ने बारे सजक बनाउनु पर्छ ।

त्यसैगरी डाक्टरको सल्लाह बिना कुनै किसिमको औषधि सेवन गर्नु हुँदैन । अवैधानिक तरिकाबाट गर्वपतनका औषधि बिक्री वितरण भइरको छ, त्यसको अनुगमन हुन जरुरी छ ।

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्