अमेरिकामा बस्‍दै आएका प्रवासी नेपालीले मनाए होली

Copy to clipboard
Copied!

टेक्सास-अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् ।

नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो।

अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको संस्थाका अध्यक्ष विदुर दवाडीले जानकारी दिए।

उक्त अवसरमा नेपालबाट अमेरिका आउँदा, यहाँ आइसकेपछि भोग्नुपर्ने समस्या, यहाँ बसोबास गरिरहेकाहरुको समस्या, त्यसको समाधान र नेपाली भाषा, संस्कृति जोगाउनेबारे छलफल गरिएको सो संस्थाका कोषाध्यक्ष दीपेन्द्र गौतमले बताए।

एनएचयुको स्थापना सन् २०१७ मा भएको हो। उक्त संस्थाले अमेरिकामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। त्यसैक्रममा एनएचयुले होली पर्वको आयोजना गरेको हो।

फाल्गुन २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्