साउदी अरेबियामा भ्रष्टाचार आरोपमा पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा

Copy to clipboard
Copied!

साउदी अ‍ेरिबयामा भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा भएका छन् ।

गएको नोभेम्बरमा भ्रष्टाचार आरोपमा पक्राउ परेका मध्ये एमबिसी टेलिभिजन नेटवर्कका प्रमुख वालिद अल–इब्राहिम, राजकीय अदालतका पूर्व प्रमुख खालिद अल–तुवाइजिरीसहितका केही उच्च तथा शक्तिशाली व्यक्ति रिहा भएका हुन् ।

उनीहरुले रिहा हुनका लागि ठूलो मात्रामा धरौटी बुझाएको बताइए पनि रकम भने नखुलाइएको बिबिसीले उल्लेख गरेको छ ।

युवराज मोहम्मद विन सलमानले चलाएको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत उनीहरुसहित दुई सय भन्दा बढी व्यक्ति पक्राउ गरेका थिए । यसमा राजकुमार, राजनीतिज्ञ तथा धनी व्यवसायी रहेकाा छन् ।

माघ १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्