
काठमाडौँ – सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार १६।९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०।८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२।६२ अंकमा झरेको हो ।
शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपियाँ बराबरको कारबार भएको हो ।
समग्रमा बजार घटे पनि आज जीवन बीमा समूह भने ३४।११ अंकले बढेको छ । बाँकी समूह राताम्मे भए । निर्जीवन बिमा समूह सबैभन्दा बढी ५६।७९ अंकले घटेको हो ।
नेप्सेका अनुसार आज एनलाईसी नेपालको सेयर मूल्य सबैभन्दा बढी ५।९५ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४।८८ प्रतिशतले नाफा कमाएका छन् ।
हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोढ ६८ लाख ६१ हजार ५ सय ४६।३० रुपियाँ बराबरको कारोबार भएको हो।