थप ४ सय ५७ जनामा कोरोना पुष्टि, एकको ज्यान गुम्यो

Copy to clipboard
Copied!

काठमाडौँ-  देशभर पछिल्लो २४ घन्टामा ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको ज्यान गुमेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो। कुल ४ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण गर्दा त्यो संख्यामा संक्रमित भेटिएका हुन्।

२ हजार ३४१ जनाको पिसिआर र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्ने क्रममा उक्त संख्यामा संक्रमित भेटिएको हो। यससँगै देशभर एक हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन्।

 

साउन २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्