ओरालो लाग्न थाल्याे संक्रमण

विश्वमा कोरोना संक्रमण केही तलमाथि हुने क्रममा हाल विश्वको समग्र दैनिक संक्रमण, संख्याको हिसाबले, केही स्थिर देखिन्छ। यही जुन महिनाको मध्यतिर उकालो लागेको विश्वको कुल कोरोना संक्रमण करिब एक महिना सुस्त वृद्धि हुँदै गई हाल फेरि केही ओरालो लाग्नथालेको छ।
विश्वको समग्र कोरोना प्यान्डेमिक स्थिति पछिल्लो समय केहीओरालो लगिरहेता पनि भूगोल तथा देशअनुसार अवस्था फरक फरक देखिएको छ। अमेरिकामा हाल पनि दैनिक करिब १ लाख नयाँ संक्रमण र ३००-६०० दैनिक मृत्यु देखापरिरहेका छन्।
जापान र कोरियामा हालसम्म कोरोना संक्रमण थन्को लाग्न पाएको छैन। ब्राजिलमा दैनिक संक्रमण त्यति धेरै नभएता पनि दैनिक मृत्यु हाल पनि २००-२५० जति देखा परिरहेका छन् जुन निकै उच्च हो।
मेक्सिकोमा हालै मात्रै हालसम्मकै दोस्रो ठूलो लहर देखापरी हाल केही कम हुँदै गएको छ। युरोप भने हाल केही शान्त देखिएको छ भने अस्ट्रेलियामा हाल पनि संक्रमणको दाँजोमा मृत्यु निकै बढिरहेको छ, दैनिक करिब ८०-१३०।
यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ
यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्, जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि।
यसलेखकोउद्ध्यश्य कोरोनासम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो।
विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामापछिल्लो अवस्थामा कोरोना संक्रमण बढ्दै गएता पनि हाल केही स्थिर देखिन्छ।
दक्षिण एसियाको पछिल्लो करिब ५ हप्ताको सन् २०२२ जुलाई ६ देखि अगस्ट १७ (४३ दिन) को कोरोना प्यान्डेमिक सम्बन्धि तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ।
पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा वृद्धि हुँदै जाने क्रम रोकिई हाल यो प्रबृत्ति केही स्थिर रही घट्न खोजे जस्तो देखिएको छ। दक्षिण एसियामा गतहप्ता दैनिक संक्रमण औसतमा करिब १५००० जति देखिएको छ।
त्यस्तै दैनिक मृत्युभने हाल पनि वृद्धि हुँदै गएको प्रवृत्ति देखिएको छ। दक्षिण एसियाको दैनिक कुल कोरोना मृत्यु गतहप्ताअधिकतम ८७ पुगेको छ।
नेपालको दैनिकनया संक्रमण
यो हरेक दिन नेपालमा देखिएका या देखिने नयासंक्रमितहरुकोसंख्या हो। सन् २०२२ अगस्ट १४ देखि २० (बि.सं २०७९ श्रावण २९ देखि भाद्र ४) जम्मा ७ दिनको नेपाल भरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्तिचित्र न.२ मा प्रस्तुत गरिएको छ।
यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताकोसात दिन,भाद्र ४गते शनिबारसम्म,देशभरि जम्मा २३१२ जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९९५०३९ पुगेको छ।
गत साताभन्दा अघिको साता साप्ताहिक कुल संक्रमण ३०५१ थियो । यसरी बिगत करिब डेढमहिनादेखि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्यामा क्रमिक वृद्धि हुँदै गएकोमा गत दुई हप्तादेखि केही कमी आएको छ।
त्यस्तै गत साता नेपालमाकोरोना मृत्यु पहिलाकोभन्दा घटेको पाइयो। गतहप्ता साताभरिको कोरोना मृत्यु ६ पुगेको छ जुन दुई हप्ता अघि १५ थियो। यसरी हालसम्मको देशको जम्मा कोरोना मृत्यु ११९९२ पुगेको छ।
गतहप्ता जम्मा १७४३४ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १७५७४ थियो ।
गतहप्ता देशको कुल संक्रमण संख्या मध्ये काठमाडौँ उपत्यकामा ६४.५% संक्रमण देखियो जुन दुई हप्ताअघि ६४.२८% थियो।
नेपालको दैनिकसंक्रमण (पोजिटिभिटी)दर (Positivity Rate)
प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ।
चित्र न.३ ले नेपालको गतहप्ताको दैनिक कोरोनासंक्रमण दर र नयाँसंक्रमण प्रबृत्ति देखाएको छ। गतहप्ता पोजिटिभिटीदर न्यूनतम १०.७६% देखि अधिकतम १५.१८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १३.२६% रह्योजुन दुई हप्ताअघि १७.३६% थियो। नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर वृद्धि हुँदै जाने क्रममा गतहप्ता यो केही घटेको पाइयो।
संक्षेपमा,पछिल्लो समय दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा केही हप्तादेखि केही स्थिरता देखिँदै आएको छ र गतहप्ता यसमा केही कमी पनि देखिएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति भने हाल पनि केही बढ्दै गएको देखिन्छ।
नेपालमापनिगतहप्ता,बि.सं २०७९ श्रावण २९ देखि भाद्र ४, साप्ताहिक नया कोरोना संक्रमणर संक्रमण दरमा केही कमी आएको देखिन्छ।गतहप्ता माथि उल्लेख गरिए जस्तै साप्ताहिक कुल कोरोना संक्रमण संख्या घटेको छ भने साप्ताहिक औसत संक्रमण दरमा पनि कमी आएको छ। त्यस्तै साप्ताहिक कुल कोरोना मृत्युमा पनि दुई हप्ताअघिको तुलनामा निकै कमी आएको छ।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
(डा. प्रवीण श्रेष्ठको स्तम्भ हरेक आइतबार प्रकाशित हुनु पर्नेमा असावधानीबस यसपटक ढिला हुन गएको र आउँदो हप्तादेखि नियमित रुपमा आइतबार नै प्रकाशित हुने जानकारी गराउँछौँ ।)