लमहीका दुई होटलको सेवा प्रयोग गरेबापत १५ प्रतिशतसम्म छुट दिइने

Copy to clipboard
Copied!

दाङ – लमहीका दुई होटलले दिने सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेका छन्।

कुमारी बैंक लिमिटेडका ग्राहक जसले कुमारी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दै आएका छन्। उनीहरूका लागि होटलले प्रदान गर्दै आएको सेवामा छुट दिने सम्झौता भएको हो।

लमही नगरपालिका–४ स्थित मन्त्र गेस्ट हाउस प्रालि र लमही नगरपालिका–५ मा रहेको एवान लभ्ली स्टार प्रालिले दिने सेवामा १० देखि १५ प्रतिशत छुट दिने सम्झौता भएको कुमारी बैंक लमही शाखाका प्रमुख विजय थापाले जानकारी दिए।

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई ध्यानमा राख्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न यसप्रकारको सम्झौता गरेको हो।

होटल ए वान लभ्ली स्टार प्रालिमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुट दिने सम्झौता भएको छ।
लमही नगरपालिका–४ मन्त्र गेस्ट हाउस प्रालिमा खाना र बस्न दुवैमा १० प्रतिशतका दरले छुट दिने सम्झौता भएको छ।

होटलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ र फुडिङ शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्