‘तीतो सत्य’ का राज अभिनेत्री सुनिशासँग बिवाह बन्धनमा बाधिए

Copy to clipboard
Copied!

काठमाडौँ- चर्चित टेलिश्रृंखला  ‘तीतो सत्य’ फेम अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईं बैवाहिक बन्धनमा बाधिएका छन्।

उनीहरुले रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुको विवाह समारोह भएको हो।

मंगलबार विवाह सम्पन्न भएपछि बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।

असार ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्