व्यवसायी दुर्गा प्रसाईंको अस्पतालमा जडित पेट सिटीस्क्यान मेसिन उद्घाटन गर्न युएईका राजकुमार शेख झापामा

Copy to clipboard
Copied!

झापा – झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा जडित पेट सिटीस्क्यान मेसिनको उद्घाटनका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमाला माक्तुम झापा आइपुगेका छन्।

आइतबार राजकुमार शेखले पेट सिटीस्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।

काठमाडौँ अवतरण गरेसँगै उनी झापामा आइपुगेका हुन्। राजकुमार शेखलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए।

राजकुमार शेख तीन दिने भ्रमणका शनिबार नेपाल आएका हुन्।

असार ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्