विराटनगरमा करेन्ट लागेर एक जनाकाे मृत्यु

सांकेतिक तस्बिर

काठमाडाैँ – मोरङको विराटनगर महानगरपालिका-१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ।

बिहीबार बिहान विराटनगर महानगरपालिका-११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्