स्थानीय चुनाव लडेका १ हजार १८७ जना उम्मेदवारको जमानत जफत

Copy to clipboard
Copied!

झापा – स्थानीय तहको निर्वाचनमा १ हजार १ सय ८७ उम्मेदवारको जमानत जफत भएको छ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो।

झापामा ६ सय ८५ पदमा चुनाव लडेका ३ हजार ३ सय ४० जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।

सवैभन्दा बढी मेचीनगर नगरपालिमामा १ सय ५४ जना र अर्जुनधारा नगरपालिकाका १ सय ३६ जना उम्मेद्वारको जमानत जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय झापाका तथ्याङ्क शाखाका प्रेमप्रसाद अनुसार शिवसताक्षी नगरपालिकाबाट १ सय २८ भद्रपुर नगरपालिबाट १ सय ४ कनकाई नगरपालिकाबाट ८४, दमक नगरपालिकाबाट ८०, विर्तामोड नगरपालिकाबाट ७८, गौरादह नगरपालिकाबाट ७३, कचनकवल गाँउपालिकाबाट ५७, गौरीगञ्ज गाँउपालिकाबाट ४६, झापा गाँउपालिकाबाट ३७, बाह्रदर्शी गाँउपालिकाबाट ६१, बुद्धशान्ति गाँउपालिकाबाट ५४, कमल गाँउपालिमामा ७१ जना र हल्दीबारी गाँउपालिकाबाट २३ जनाको जमानत जफत भएको छ।

निर्वाचन आयोगले स्थानीय तहका प्रमुख र उप्रमुखलाई जनही १ हजार ५ सय रुपैयाँ, वडा अध्यक्षलाई १ हजार रुपैयाँ र वडा सदस्यलाई ५ सय रुपैयाँ धरौटी तोकेको थियो। दलित र महिलाको हकमा भने ५० प्रतिशत छुटको व्यवस्था निर्वाचन आयोगले गरेको थियो।

जेठ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्