आक्रमणबाट परी घाइते भएका तनहुँको व्यासका स्वतन्त्र उम्मेदवार जोशी दिल्ली ‘रिफर’

Copy to clipboard
Copied!

काठमाडौँ – निर्वाचनको समयमा आक्रमणबाट परी घाइते भएका तनहुँको व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशी थप उपचारका लागि भारतकाे दिल्ली जाँदैछन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदानकै दिन विपक्षी समूहको आक्रमणमा परी घाइते उनले हालसम्म काठमाडौँमै उपचार गराइरहेका थिए।

उनको निजी सचिवालयद्वारा जारी सूचना अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको कारण उनलाई चिकित्सकको सल्लाहमा थप उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पताल लैजान लागिएको हो।

दिल्लीबाट उपचार गरी फर्केपछि व्यास बासीको लागि काम गर्ने र त्यहाँ भएका विकृति, विसङ्गतीको विरोधमा लागि परिरहनेसमेत उनको निजी सचिवालयले जनाएको छ।

जेठ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्