फुङ्लिङको मेयरमा कांग्रेसका मादेन विजयी

फाइल फोटो
Copy to clipboard
Copied!

झापा – ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङको नगरप्रमुखमा नेपाली कांग्रेसका अमिर मादेन निर्वाचित भएका छन्। नगरको उपप्रमुखमा नेकपा एमालेकी भीमादेवी ओझा निर्वाचित भएकी छन्।

नगरप्रमुखमा मादेनले ६ हजार १७९ मत ल्याएर निवर्तमान प्रमुख तथा नेकपा एमालेका छत्रपति प्याकुरेललाई पराजित गरे।

उपप्रमुखमा ओझाले ४ हजार २७७ मत ल्याइन् भने निवर्तमान उपप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार बमबहादुर भट्टराई ४३३ मतान्तरले ओझसँग पराजित भए।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्