पाँचथरको फाल्गुनन्दमा कांग्रेसले फर्कायो गुमाएकाे विरासत

Copy to clipboard
Copied!

झापा – नेपाली कांग्रेसले  पाँचथरको फाल्गुनन्द गाउँपालिकामा गुमाएको विरासत फर्काएको छ ।

२०७६ सालमा भएको उपनिर्वाचनमा एमालेले जितेको फाल्गुनन्दमा गुमाएको बिरासतमा कांग्रेस फर्किएको हो । फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेद्धारहरु अत्याधिकम मतका साथ विजयी भएका छन् ।

पालिका अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विर्जहाङ आङदेम्बे बिजयी भएका छन् । उनले नेकपा एमालेका विरबहादुर कुरुम्बाङ लाई १ हजार ९६ मतले पराजित गरेका छन् । आङदेम्बेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्बाङले ४ हजार ६ सय ४३ मत मात्र प्राप्त गरेका छन् ।

तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ आङदेम्बे विरबहादुर कुरुम्बाङसंग पराजित भएका थिए ।

उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका ठाकुरसिङ नेम्बाङ बिजयी भएका छन् । नेम्बाङले जनता समाजबादी पाटीकी बबिता नेम्बाङलाई हराउँदै बिजयी भएका हुन् ।

ठाकुरले ५ हजार १ सय १ सय मत प्राप्त गर्दा बबिताले ४ हजार ४ सय ४३ मत मात्र प्राप्त गरिन् ।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्